मेरो परिवार मेरो कथा

बोक्सीको आरोपमा २२ वर्षदेखि परिवारबाटै यातना खेपिरहेकि छन् यिनी !

बोक्सीको आरोपमा २२ वर्षदेखि परिवारबाटै यातना खेपिरहेकि छन् यिनी !

tirthamayaमंसिर ७ । आफ्नै परिवाका सदस्यबाट २२ वर्षदेखि बोक्सिको आरेमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै दोलखाको सदरमुकाम चरिकोेट आएकी छन् । दुई देबर र तीनका परिवारबाट बोक्सीको आरोपमा निरन्तर कुटपिट र लान्छना ब्यहोर्दे आएको बताउने तीर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन ।

२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे गाउँगाउँमा जहाँसुकै बेइज्यत गरिदिन्थे, आजसम्म पनि सहँदै आएकी थिएँ, उनले गहभरी आँशु पार्दे सुनाइन, कात्तिक २३ गते पनि साँइलो देवर केशव र कान्छो देवर काले विकको परिवाले प्लाष्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा हालिदिए ।

तीर्थमायाका अनुसार केशव र कालेले अघिल्लो वर्षको चैतमा समेत बोक्सीको आरोपमा दिसा र पिसाब खुवान खोजेका थिए । त्यो बेला पनि यो बोक्सीलाई खुवानंै पर्छ भनेर परिवार नै आएका थिए । उनले सुनाइन । नाति–नातिना सँगै भएकाले जोगिएँ । देवर परिवारका घृणित व्यवहार र यातनाबाट विक्षिप्त बनेकी उनी घर छाडेर सदरमुकम हिँडेकी बताइन् । सदरमुकम नजिक भीमेश्वर नगरपालिका–९ की कमला कार्कीले भेटेर यथार्थ बुझेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पुर्यादिएकी थिइन । नागरिक दैनिक

Dalit Tirtha Maya Pariyar

विशेष