मोर्चालाई फकाउने नाममा राष्ट्रघाती बुँदा संविधानमा राख्न खोजेपछि एमाले आन्दोलनमा उत्रने तयारीमा
मंसिर ८ । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी एमालेले सडक र सदनबाट प्रतिवाद गर्ने भएको छ । एमालेले भातृ संगठनहरुलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ ।
अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताले एमालेको सहमतिबिना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । सोमबार राति सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुसँगको भेटमा ओलीले संशोधन प्रस्ताव आए प्रतिपक्षको भूमिका देखाउने बताइसकेका छन् । –नयाँ पत्रिकाबाट