राजनीति

मदन राईको अन्तरवार्ताले नयाँ शक्तिमा हंगामा, कल्पना धमलाले दिइन् पागलपनको संज्ञा

मदन राईको अन्तरवार्ताले नयाँ शक्तिमा हंगामा, कल्पना धमलाले दिइन् पागलपनको संज्ञा

 

नयाँ शक्तिका केन्द्रीय नेता एंव कृषिविज्ञ मदन राईले नेपाल आजलाई दिएको अन्तरवार्ताले नयाँ शक्तिमा तरंग पैदा गरेको छ । यौनका बारेमा राईले गरेको खुलस्त संवादलाई नयाँ शक्तिका नेतृहरुले अपाच्य भनि आलोचना गरेका हुन् । नयाँ शक्तिभित्र अन्तरवार्तालाई लिएर विवाद चर्किएको बुझेपछि नेपाल आजले केही महिला नेतृलाई सम्र्पक गरेको थियो । नेतृ कल्पना धमलाले राईको अभिव्यक्तिलाई पागलपन र वाहियातको संज्ञा दिइन् ।

‘नयाँ शक्तिको कल्पनाभन्दा बाहिर गएर उहाँ बोल्नुभएको छ । नांगोरुपमा दिइएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्न पनि व्यर्थ छ । यो हाम्रा लागि अपाच्य छ ।’ राईको अभिव्यक्तिका सन्र्दभमा आक्रामक सुनिएकी धमलाले थपिन्, ‘६८ बर्षको बृद्धले यस्तो कुरा गर्नुहोला भन्ने लागेको थिएन । यो किशोर अवस्थाका केटाकेटीले गर्ने भन्दा पनि तल्लो स्तरको कुरा हो ।’ नयाँ शक्तिका महिला नेतृहरुले राईको अभिव्यक्तिलाई पार्टीमा संगठित रुपमा आवाज उठाउने बुझिएको छ । सो विषयमा धमलाले भनिन्, ‘नयाँ शक्ति यस्ता विषयमा केन्द्रीत हुनै चाहँदैन । यो बैठकको एजेण्डा हुन सक्दैन ।’ नयाँ शक्तिकै अर्की नेतृले राईको अभिव्यक्तिका कारण आफुहरु अफ्ठयारोमा परेको जनाइन् । ‘एक जनासँग मात्र यौन सम्बन्ध अप्राकृतिक भन्ने व्यक्ति नेता भएपछि हामी कसरी संगठनमा हिड्ने ? उहाँसँगै कतै सांगठनिक कामले जानु परे के गर्ने ?’ उनले प्रश्न तेर्साइन् । धमलाले राईसँग सांगठनिक काममा जान पर्ने स्थिति नै नरहेको जनाइन् । ‘उहाँ वृद्ध हुनुहुन्छ । उहाँसँग काममा कोही जानै पर्दैन । नयाँ शक्ति यौनका बारेमा उहाँको मतसँग असहमत छ ।’ धमलाले आफूहरुले राईसँग उनको अभिव्यक्तिलाई लिएर तिब्र असन्तुष्टि जनाइसकेको प्रष्ट गरिन् । राईले नेपाल आजसँग आफ्नो

प्रकाशोन्मुख कृतिमा केन्द्रीत रहेर भिडियो अन्तरवार्ता दिएका थिए । उनले आफ्नो पुस्तक र नयाँ शक्तिका बीचमा कुनै सम्बन्ध नरहेको पनि स्पष्ट गरेका थिए । प्राकृतिक कुरालाई लुकाउनु गलत रहेको भन्दै उनले यौनका बारेमा जस्ताको तस्तै वहश अावश्यक रहेकोमा जोड दिएका थिए । ‘अभिव्यक्तिका कारण आफूलाई कारवाही भएपनि सहन्छु तर प्रकृतिलाई लुकाउन सक्दिनँ ।’ उनले अन्तरवार्ताका क्रममा भनेका थिए । जीवनभर एउटैसँग यौन सम्बन्ध गर्नुपर्छ भन्ने मान्यता प्रकृति विपरित रहेको राईको तर्क थियो । उनले एक पटकमा एक जनासँग यौन सम्बन्ध गर्नुपर्ने तर परिस्थितिअनुसार सुरक्षित रुपमा जति जनासँग गर्दापनि हुने उनको भनाइ थियो । पछिल्लो समय नयाँ शक्ति संयोजक बाबुराम भट्टराईसँगै बेलायत पुगेर फर्केका राईसँग नेपाल आजको सम्र्पक प्रयास सफल हुन सकेन । उनको मोबाइल निरन्तर अफ छ ।


राईको अन्तरवार्ता र सोसँग सम्बन्धित समाचार तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ ।


► कृषि वैज्ञानिक मदन राई भन्छन्, ‘लिंग र योनी छोप्ने कुरा होइनन्’ ► बिद्वानको विवादास्पद अभिव्यक्तिः नेपालमा हरेकले परपुरुष परस्त्रीसँग शारीरिक सम्बन्ध राख्छन् ► बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !



Kalpana Dhamala madan rai Naya Shakti Nepal

विशेष