विचित्र विश्व

खरायो र कछुवाबीच दौड भयौ भने कसले जित्ला ? हेर्नुहोस् भिडियो

खरायो र कछुवाबीच दौड भयौ भने कसले जित्ला ? हेर्नुहोस् भिडियो
kharayo-ra-kachuwa खरायो र कछुवाको दौडसम्बन्धी बालकथा त सुन्नु भएकै होला । तर, यो नीतिकथा वास्तविकतामा भन्दा पनि बालबालिकाहरुलाई शिक्षा दिनका लागि सिर्जना गरिएको हुन् । उक्त कथामा धैयर्ता र लगनशीलताले गन्तव्यमा अवश्य पुगिन्छ भन्ने प्रस्ट्याउनका लागि बुढापाकाले बनाएका हुन् । त्यस्तै यो कथामा सफलता पनि हात पर्छ तर हतारले र अरुले जित्नन सक्ने घमण्ड आफूमा राखे त्यसले हार व्योहोर्नु पर्छ भन्ने शिक्षा पाइन्छ । तर, यो दुई जनावरबीच साच्चैको दौड गरायो भने कसले जित्ला? तपाईँको उत्तर यदी खरायो हो भने तपाई गलत हुनुहुन्छ । केही समय अगाडि थाइल्याण्डमा कछुवा र खरायोको वास्तविक दौड प्रतियागिताको आयोजना गरियो । यस दौडमा साच्चिकै नीतिकथालाई पुष्टि गर्नेगरि कछुवाले दौड जितेको छ । खरायो र कछुवाको वास्तविक दौडको भिडियो थाइल्याण्डको प्रविधि तथा मोबाइलसम्बन्धी एक वेवसाइट इयुम रिभ्यूले सर्वाजनिक गरेको हो । मोबाइलबाट खिचिएको उक्त भिडियो साइटको फेसबुक पेजमा अपलोड गरिएको थियो । भिडियो अहिलेसम्म करोडौँ व्यक्तिले हेरिसकेका छन् ।

Real life Rabbit vs Tortoise race...

विशेष