अस्पतालको शैयाबाट चित्रबहादुर केसीले भने, 'म टेम्पो चढ्न छोड्दिन' [भिडियो अन्तरवार्ता]
मंसिर - ९ । टेम्पोबाट लडेर अचेत भएका चित्रबहादुर केसी उपचारपछि घर फर्केका छन् । उनको काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भएको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका जनमोर्चाका अध्यक्ष केसीले सरकारी सुविधावापतको गाडीसमेत लिएका छैनन् । उनले अंगरक्षकको सुविधासमेत हटाएका छन् । टेम्पोबाट लडेपछि उनको सुरक्षाका बारेमा चिन्ता व्यक्त गरिएको थियो । नेपाल आजसँग डिस्चार्ज हुनुभन्दा पहिले अस्पतालको शैयामा कुरा गर्दै उनले पुनः टेम्पोमै यात्रा गर्ने जनाए । उनले भने, 'सर्बसाधरण चढ्न हुने, म चढ्न नहुने ? दुर्घटना त जहाँ पनि हुन सक्छ । मसँग निजी गाडी छैन, सरकारको सुविधा लिन्न ।'
र याे पनि
► दुर्घटना फेरि पनि हुन सक्छ तर पनि सार्वजनिक सवारी नै चढ्छु, सरकारी चढ्दिनँ (भिडियो अन्तर्वार्ता)
► चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते
► चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार ! कडकिदै दिए केसीले यस्तो जवाफ
► राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न ‘तेल दिदा नखाने कोल चाट्ने ?’
► उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन्
Chitra Bahadur KC KMC Hospital Singmangal