राजनीति

औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन : भट्टराई

औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन : भट्टराई
मंसिर–९ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले समर्थन गर्न नसकिने विषयलाई समावेश गरेर संविधान संशोधनको कुरा उठाउनु जायज नभएको बताएका छन् । कञ्चनजङ्घा हीरक महोत्सवका अवसरमा गृह जिल्ला पुगेका एमाले प्रचार र प्रकाशन विभागका प्रमुख भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरी प्रश्न गरे, “पाँच नम्बर प्रदेशलाई टुक्र्याउने तर अरु प्रदेशलाई यथावत् राख्ने विषयलाई कसरी पुष्टि गर्ने ? त्यस्ता औचित्यहीन र पुष्टि नहुने विषयलाई संविधान संशोधनका नाममा नल्याइयोस् भन्ने एमालेको माग हो ।” तराई–मधेसका जनताले अङ्गीकृत नागरिकलाई कुनै पनि उच्च कार्यकारी पदमा पुर्याउनुपर्ने अडान नराखे पनि जबर्जस्ती स्वार्थपूर्तिका लागि अङ्गीकृतको कुरा संशोधनका विषयमा समावेश गर्न लागिएको जिकिर गर्दै सरकारले तराई र पहाडबीचको सम्बन्धलाई बिगार्न खोजेको आरोप लगाए । रासस

CPN UML Sambidhan samsodhan Yogesh Bhattarai

विशेष