राजनीति

प्रचण्ड र ओलीबीच चर्काचर्की, कसले दियो कडा यो पढौं

प्रचण्ड र ओलीबीच चर्काचर्की, कसले दियो कडा यो पढौं

prachanda-kp-oli

मंसिर १० । प्रधानमन्त्री प्रचण्डः तपाईहरुले विरोध गरे पनि अब संविधान संशोधन प्रस्ताव दर्ता गरेर अगाडि जाने भइयो, सके सहमतिमा आएर समर्थन गर्नुहोस् । त्यसो गर्नुहुन्न भने पनि चर्को विरोध नजनाइदिनुहोस् ।

केपी ओलीः तपाई नयाँ द्वन्द्वको विजारोपण गर्दै हुनुहुन्छ । तपाई त्यसरी अगाडि नबढ्नुहोस् । यदि अगाडि बढ्नुभयो भने त्यसले नयाँ खालको द्वन्द्वको बीजारोपण गर्छ । हामी त्यस्तो प्रस्तावलाई समर्थन गर्न सक्दैनौं । त्यससलाई कसरी असफल पार्ने भन्ने सबैखाले प्रयास गर्छौ । त्यस्तो प्रस्तावविरुद्ध आन्दोलन सशक्त बनाएर अघि बढ्छौं ।

प्रधानमन्त्री प्रचण्डः मैले मोर्चालाई पनि सोधे । तपाईहरु के गर्नुहुन्छ भनेर । तपाईहरुले समर्थन हुन्छ भने दर्ता गर्छु, नभए गर्दिनँ मैले दर्ता गर्ने तपाइहरुले समर्थन नगर्ने प्रस्ताब पनि पारित नहुने स्थितिमा मैले नैतिकताका आधारमा पद छाड्नु पर्ने हुन्छ भन्दा उहाँहरुले समर्थन हुन्छ भन्नुभयो ।

केपी ओलीः देशलाई बर्बाद पार्ने र तपाईलाई पनि समाप्त पार्ने प्रस्तावमा त उहाँहरुले पनि समर्थन गरिहाल्नु हुन्छ नी । नयाँ पत्रिका दैनिकबाट

विशेष