राजनीति

एमालेलाई लाग्ने भयो झड्काः मधेसी सांसदहरुले साथ छाड्ने संकेत

एमालेलाई लाग्ने भयो झड्काः मधेसी सांसदहरुले साथ छाड्ने संकेत

ncp-umlमंसिर १० । पार्टीको आधिकारिकJषयमा छलफल गर्न बैठक आयोजना गरिएको जानकारी स्रोतले दिएको छ । २ नं प्रदेशका एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘एमाले स्थायी समितिको आइतबारको निर्णय मधेसी मूलका नेतालाई त्यस क्षेत्रको राजनीतिबाट विस्थापित गर्नुमात्र हो ।

नेतृत्व सुनियोजित रूपमा मधेस र मधेसीविरोधी भएको सन्देश अन्त्य गराउन पनि भेला महत्वपूर्ण हुनेछ ।' उनले पार्टीलाई विधिवत् रूपमा संशोधन प्रस्तावका पक्षमा निर्णय लिने वातावरण बनाउने बताए । संविधानलाई मधेस, पहाड र हिमालको सर्वसम्मत राजनीतिक ‘डकुमेन्ट' बनाउन पनि आफूहरूले पार्टीलाई दबाब दिने तयारी गरेको उनले बताए ।

उनका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतालाई सरकारले ल्याउने संशोधनबाट मधेसीको माग सम्बोधन गराउन दबाब दिने ढंगले प्रस्तुत हुन प्रेरित गर्नेछ ।

संशोधनलगायत विषयमा एमालेका मधेसी सांसदले महासचिव ईश्वर पोखरेललाई भेट गरी मधेसका मुद्दामा पार्टी गम्भीर भएर संशोधनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन् । महासचिव पोखरेलसँगको भेटमा शत्रुघ्न महतो, आशाकुमारी यादव, कमलादेवी महतो, नागेन्द्रप्रसाद थारू, राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनदेव अन्सारी, बलरामप्रसाद चौधरी, रामअवतार पासवान, रामचन्द्र साह तेलीलगायत सांसद सहभागी थिए ।

एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले संविधान संशोधनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरी मधेस र मधेसीको समस्या हल गर्ने मान्यताका साथ १३ र १४ गते सर्लाहीमा प्रदेश नं. २ को भेला हुन लागेको जानकारी दिए ।

उनले भने, ‘प्रदेश नं. २ ले संविधान संशोधनको एजेन्डा नै बनाएर लग्नेछ । मधेस समस्यालाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।'

अन्नपूर्ण पोस्टबाट

विशेष