राजनीति

गुुरूयोजना बनाएर काम गर्न संसदीय विकास समितिको निर्देशन

गुुरूयोजना बनाएर काम गर्न संसदीय विकास समितिको निर्देशन
rabindra-adhikari-umlमंसिर - १० । संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरूस्त बनाइ प्रत्येक दुई महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । उनले दुुई महिनामा एक पटक सयुुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्न समेत सुझाव दिए । गुुरूयोजना बिना गरिएका काम लथालिङ्ग भएको र धेरै स्रोत खेर गइरहेको बताउँदै उनले अब काम गर्दा गुरूयोजना बनाएर मात्र गर्न आग्रह गरे। जिल्ला विकास समितिमा बिहीबार आयोजित जिल्ला अन्तर्गतका सडक पूूर्वाधार तथा स्थानीय विकास निर्माण सम्बन्धीे अन्तक्र्रियामा डिभिजन सडक कार्यालय, डिभिजन भवन कार्यालय, कृषि विकास कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, नेपाल विद्युत् प्राधिकरणलगायतका प्रमुखले भएका र अब हुने कामबारे चर्चा चर्चा गरेका थिए ।

विशेष