राजनीति

सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली

सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली
kp-sharma-oli-uml-chairman
मंसिर - १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको बताएका छन् । पोखरा विमानस्थलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार संविधानको कार्यान्वयनतर्फ नलागी सङ्क्रमणकाललाई लम्ब्याउँदै संशोधनलाई प्राथमिकता दिएर अघि बढेको बताए । जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताउँदै उनले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताए । सरकारले विवादलाई समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ लागेको उल्लेख गर्दै उनले भने, “क्षेत्र नं–५ मा आक्रमण गरिएको छ, प्रदेश नं–४ को नवलपुर सम्बन्धमा विवाद झिकिएको छ, पहाड र तराई छुट्याउनेलगायतका कुराभित्र अशोभनीय एवम् रहस्यात्मक कुरा रहेका छन् ।” विसं २०७४ माघ ७ गतेसम्म चुनाव नभए राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न हुने भए पनि त्यसतर्फ सरकारको कुनै तयारी नभएको उनकाे भनाइ छ । कुनै नयाँ आयोजना वा भइरहेका आयोजनामा बजेट नपुग भए मात्र पुरक बजेट ल्याउन सकिने भएपनि सरकारले त्यस्तो अवस्था पुष्टि गर्न नसकी पुरक बजेट ल्याउन खोजेको उनले आरोप लगाए।

KP Sharma Oli Pokhara Airport

विशेष