राजनीति

एमाले स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा बस्ने

एमाले स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा बस्ने
मंसिर – १० । प्रमुख विपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (शुक्रबार) साँझ बस्ने भएको छ । सरकारले संविधान संसोधनको प्रस्ताव अघि बढाउने भएपछि सरकारसँग तिब्र मतभेद वढी रहेको बेला के गर्न भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो । साँझ पाँच बेज एमाले अध्यक्ष केपी शर्मा ओलीका निवास बालकोटमा बैठक बस्ने बताइएको छ । बैठकले संविधान संसोधनविरुद्धको दोस्रो उपाय खोज्ने जनाइएको छ । अध्यक्ष ओलीले सरकारले संसोधनको प्रस्ताव ल्याए आफू कानूनी लडाइ लड्ने बताएका थिए । त्यसै अनुरुप एमालेले संविधान संसोधनविरुद्ध राजनीतिक र कानुनी लडाईसँगै लैजाने बताइएको छ ।

विशेष