राजनीति

संशोधनमा सहमति जुटाउन पहल गर्ने माओवादी निर्णय

संशोधनमा सहमति जुटाउन पहल गर्ने माओवादी निर्णय
मंसिर - ११ । संविधान संशोधन प्रक्रियामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)ले विशेष पहल गर्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याउन पनि संशोधन जरुरी परेको भन्दै त्यसका लागि सबै पक्षसँग सार्थक संवाद र पहल गर्ने निर्णय गरेको हो । बैठकमा पछिल्ला दिनमा प्रमुख दलका बीचमा भएका द्विपक्षीय तथा बहुपक्षीय छलफलमा भएका प्रगति एवम् संविधान संशोधन प्रक्रियामा दलहरुबीच भइरहेको संवाद तथा सहमतिका विषयमा प्रधानमन्त्रीले जानकारी गराएका थिए । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार सबै पक्षसँग सहमति खोज्ने र त्यसका लागि पार्टीले सार्थक पहल गर्ने निर्णय भएको छ । बैठकमा शुक्रबार नेपाली काँग्रेसका शीर्ष नेतासँग भएको छलफल, मधेस केन्द्रित दलका माग तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग भएका कुराकानीका बारेमा समेत छलफल भएको थियो । केन्द्रीय कार्यालयको बैठकपछि हाल माओवादी केन्द्रको पोलिट ब्युरोको बैठक जारी रहेको छ । रासस

Maobadi Kendra

विशेष