रामदेव भेट्न मन्त्रिपरिषद बैठक नै छोट्याउने अद्भूत प्रधानमन्त्री
मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले योगगुरु रामदेवलाई भेट्न समय निकाल्दा आइतबार मन्त्रिपरिषद बैठकमा महत्वपूर्ण विषयले प्रवेश नै पाएन ।
बैठकमा संविधान संशोधन विधेयक मस्यादामाथि छलफल गरी अनुमोदन गर्ने र आइतबारै संसद सचिवालयमा दर्ता गर्ने दाहालको तयारी थियो ।
मन्त्रिपरिषद स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले विधेयक पेश नै गरेनन् । बरु अनौपचारिक चर्चा गरेर रामदेवको शिविरमा जानु छ, छिटो सकौं भनी अन्य निर्णय सकेर छिट्टै बाहिर निस्किए ।
‘प्रधानमन्त्री छिटो बाहिर निस्कने काम परेकोले संविधान संशोधनबारे बैठकमा छलफल हुन सकेन – सरकारका प्रवक्ता राम कार्की उर्फ सुरेन्द्रबहादुर कार्कीले बताए । –नागरिक दैनिकबाट