विचित्र विश्व

ट्रम्प बेलम्यान बनेपछि.... (भिडियोसहित)

ट्रम्प बेलम्यान बनेपछि.... (भिडियोसहित)

मंसिर १३ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो होटलमा आएका ग्राहकको सेवा गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरेको उक्त भिडियोमा ट्रम्प आफ्नै होटलमा बेलम्यान र वेटर भएर काम गरिरहेका देखिन्छन् । उक्त भिडियो सन २०११ मा ओपरा विनफ्रेको टिभी शोको लागि निर्माण गरिएको थियो ।

भिडियोमा ट्रम्प आफ्नो होटेलमा फरक फरक भुमिकामा होटलका ग्राहकलाई सेवा गरिरहेका देखिन्छन् । शुरुमा ट्रम्प बेलम्यान बन्छन् ।

पछि उनले वेटरको ड्रेस लगाएर होटलको रुमहरुमा गएर खाना पु¥याउन जान्छन् । ट्रम्प आफै वेटर बनेर आएको देखेर होटलमा आएका ग्राहक पनि आश्चर्य मान्छन् । अन्त्यमा ट्रम्पले हाउस किपिङको काम गर्छन् । उनले होटलका कोठाहरु सफा गर्ने र वाशरुम पनि सफा गर्छन् । ट्रम्पले गरेको यी सबै काम उनको जीवनमा पहिलोपटक गरिएको काम थियो ।

Donald trum

विशेष