विचित्र विश्व

विश्व चर्चित कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका अहिलेसम्म खुल्न नसकेका १० रहस्यहरु

विश्व चर्चित कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका अहिलेसम्म खुल्न नसकेका १० रहस्यहरु
fidel-castro-nepalaaja
चर्चित कम्युनिष्ट क्रान्तिकारी नेता तथा क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भयो । क्युवाली कम्युनिष्ट क्रान्तिका महानायक क्यास्ट्रोलाई मार्न पनि थुप्रै प्रयास गरिएको थियो । तर हरेक प्रयास विफल हुन्थ्यो । उनी कहाँ जान्छन् के गर्छन् भन्ने कुरा बाहिरी दुनियाँलाई कहिल्यै पनि थाहा भएन । काम सम्पन्न भइसकेपछि मात्र उनका समाचार आउँथे । उनका कैयौँ रहस्यहरु पनि उनीसँगै अन्त्य भएको मानिन्छ ।
उनका अझै खुल्न नसकेका केही रहस्यहरु: १. क्यास्ट्रोको जन्मः फिडेल क्यास्ट्रोको जन्मनै रहस्यमा रहेको छ । केही दस्ताबेजमा उनको जन्म सन् १९२६ माभएको लेखिएको छ भने कतिपय दस्तावेजमा १९२७ मा भएको उल्लेख छ । क्यास्ट्रोबारे पुस्तक लेख्नेहरु समेत उनको जन्म मितिको विषयमा विभाजित छन् । २. क्यास्ट्रोको नामः क्यास्ट्रोको आधिकारिक नाम फिडेल एलेजान्द्रो थियो । उनले आफ्नो नाम परिवर्तन गरेका थिए । ब्राजिलकी अनुसन्धानकर्ता फारियाटीले कास्त्राको सुरुवाती दिनको दस्तावेजका अनुसार उनको वास्तविक नाम फिदेल हिपोलिटी रुज गोन्जालेज भएको दाबीसमेत गरेकी छिन् । ३. क्यास्ट्रोको घरः क्यास्ट्रो बस्नले घरलाई क्यूबेली गुप्तचर विभागले ‘जेरो पोइन्ट’ को रुपमा चिन्थ्यो । क्यास्ट्रोको घरको विषयमा उनकी छोराकी पूर्व प्रेमिकाले भिडियो अमेरिकी ब्रोडकास्टरमा लिक गरेपछि मात्र संसारलाई थाहा भएको थियो । तर अधिकाँश विषयमा क्यास्ट्रोको घरबारे आजसम्म पनि रहस्य नै छ । ४. क्यास्ट्रोको सम्पत्तिः फोर्ब्स म्यागजिनले क्यास्ट्रोलाई पहिलो पटक सन् १९९७ मा आफ्नो सबैभन्दा धनी मानिसहरुको सूचीमा समावेश गरेको थियो । क्यास्ट्रोको सम्पत्तिको आंकलन ९० करोड डलर गरिएको थियो । तर क्यास्ट्रोले यसलाई झुटो भनेर खण्डन गरेका थिए । ५. क्यास्ट्राको पहिरनः सार्वजनिक कार्यक्रममा अधिकाँश समय सैन्य पोषाकमा देखिने क्यास्ट्रोले एक पटक भनेका थिए – ‘युनिफर्म लगाउँदा टाई लगाउनुपर्ने झन्झट हुँदैन ।’ सन् २००६ मा भएको शल्यक्रियापछि भने उनी ‘स्पोर्टी लुक’मा देखिन थाले । अमेरिकाको टाइम पत्रिकाले सबैभन्दा खराब पहिरन लगाउने नेताको रुपमा क्यास्ट्रोको नाम प्रकाशित गरेको थियो । ६. क्यास्ट्राको पारिवारिक जीवनः सन् २००९ मा प्रकाशित क्यास्ट्रो बारेको पुस्तक ‘विदाउट फिडेल’नामक पुस्तकमा क्यास्ट्रोको कम्तीमा पनि ६ महिलासँगको सम्बन्धले ११ जना सन्तान रहेको उल्लेख छ । तीन फरक महिलाबाट फिडेलका एकै वर्ष तीन सन्तान जन्मिए । पश्चिमा सञ्चार माध्यमले क्यास्ट्रोले कम्तिमा ३५ हजार महिलासँग यौन सम्बन्ध राखेको दाबी गरेका छन् । ७. खेलसँग लगावः क्रान्तिकारी नेता क्यास्ट्रो खेल प्रेमी थिए । क्यास्ट्रोलाई बेसबल मनपर्दथ्यो । यसका साथै उनी बास्केटबलमा पनि निकै रुची राख्दथे । जुन कुरा संसारले खासै थाहा पाएन । ८. चुरोटको लतः चुरोटका अम्मली क्यास्ट्रोका लागि एक बडिगार्डका साथीले विशेष चुरोटका बनाएका थिए । चुरोटको नाम थियो– कोहिबा ब्रान्ड । ६० को दशकमा उनको लागि बनाइएको यो चुरोट पछि ब्रान्डको रुपमा स्थापित भयो । ९. क्यास्ट्रोको भाग्यः क्यास्ट्रोले आफूलाई भाग्यमानी ठान्थे । एक पटक क्यास्ट्रोले भनेका थिए, ‘ओलम्पिकमा ज्यानमारा आक्रमणबाट बच्ने कुनै प्रतियोगिता भए, मैले स्वर्ण पदक जित्थें ।’ उनीमाथि भएका आक्रमणप्रति लक्षित गरेर उनले यसो भनेका हुन् । १०. कलाकार क्यास्ट्रोः क्यास्ट्रोको जीवनकालमा आधारित ४८ फिल्म र वृत्तचित्रमा बनेका छन् । क्यास्ट्रोले कम्तिमा – द होलिडे इन मेक्सिको (सन् १९४६) र द कमेडी इजी टु वेड (सन् १९४६) मा अभिनय गरेका थिए । तर आलोचकहरुका अनुसार उनलाई नृत्य गर्न र गीत गाउन नै आउँदैनथ्यो । –एजेन्सीकाे सहयाेगमा विश्व रिमाल ।

Cuba Fidel Castro

विशेष