तराईका जनता भन्छन्, ‘मधेसवादी दलले आन्दोलन होइन, चुनावमा जानुपर्छ’
मंसिर १४ । काठमाडौंका वार्ताहरुमा सहमति नजुटिरहेको बेला निर्वाचनमार्फत संविधान कार्यान्वयनको मौका खेर नफाल्न मेधसी मोर्चालाई स्थानीयवासीले सुझाव दिएका छन् । संघीयताको मुद्धा मधेसवादी दलकै भएकोले त्यसलाई स्थापिन गर्न स्थानीय निर्वाचनलगायत संघीय निर्वाचनसम्म जाने अवसर गुमान नहुने उनीहरुको मत छ ।
स्थानीयको भनाइमा राजनीतिक सहमति नजुटे संविधान कार्यान्वयन हुन नदिने मधेसवादी दलको अडान उनीहरुका लागि प्रत्युपादक हुने सम्भावना देखिएको छ ।
मधेसका मधेसवादीबाहेक अन्य राजनीतिक नेता कार्याकर्ताहरु उनीहरुलाई गत वर्ष सात महिना चलेर निष्कर्षविहीन भएको आन्दोलनबाट पाठ सिक्न सल्लाह दिन्छन् । –कान्तिपुर दैनिकबाट