रोजगार

२ सय २० इन्जिनियरको राजीनामा

२ सय २० इन्जिनियरको राजीनामा
engeeneers मंसिर १४ । पुनर्निर्माण अवधिभर खटिने गरि सरकारले नियुक्त गरेका इन्जिनियरले धमाधम राजीनामा दिन थालेका छन् । सरकारले पुनर्निर्माण अवधिभर काम गर्ने गरी करारमा नियुक्त गरेका १ हजार ३ सय ४६ इन्जिनियर मध्ये २ सय २० जनाले राजीनामा दिएको पुनर्निमार्ण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरले धमाधम राजीनामा दिन थालेपछि पुनर्निर्माणकार्य प्रभावित भएको प्राधिकरणका आयोजना इकाई प्रमुख शिवहरि शर्माले जानकारी दिएको खबर कारोबार दैनिकमा छापिएको छ । शहरी विकास मन्त्रालयका प्रवत्ता समेत रहेका शर्माले २ सय २० जनाको राजीनामा आएपछि परीक्षामा उतीर्ण वैकल्पिक उम्मेदवारलाई आव्हान गरिएको समेत बताए ।

Engineers

विशेष