सरकारको आयु पाँच महिना बाँकी छँदा कांग्रेसले छान्यो १० राज्यमन्त्री
मंसिर १४ । कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।
संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता, दिलीप गच्छदारको टुंगो लागेको हो । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो । नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए ।
खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् । उनीहरुलाइृ दिइने मन्त्रालयको टुंगो लगाउने र प्रधानमन्ीलाई नाम बझाउने जिम्मा सभापति देउववाले आइतबार नै विमलेन्द्र निधिलाई दिएका थिए । –नयाँ पत्रिकाबाट