राजनीति

सीमांकन हेरफेरविरुद्ध सर्वोच्चमा मुद्धा पर्यो, अदालतले अन्तरिम आदेश दिए के होला ?

सीमांकन हेरफेरविरुद्ध सर्वोच्चमा मुद्धा पर्यो, अदालतले अन्तरिम आदेश दिए के होला ?

suprime-court

मंसिर १४ । सरकारले गरेको सीमांकन हेरफेरसहित संविधान संशोधनको तयारी तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सवोच्च अदालतमा रित निवेदन दायर भएको छ । प्रदेशको सीमांकन हेरफेर हुँदो बढ्न सक्ने द्वन्द्व र अराजकताले संविधान कार्यान्वयनमा प्रतिकुल असर पर्ने दाबी गदैै अधिवक्ता टीकाध्वज खड्काले सर्वोच्चमा रिट हालेका हुन् ।

रिट निदेदनमा संविधान बमोजिम संघीय आयोग गठन नभएसम्म सीमांकन हेरफेर सम्बन्धित काममा रोक लाग्ने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरिएको छ । निदेदनमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका संसद, संसद सचिवालयलाई विपक्षी बनाइएको छ । –नयाँ पत्रिकाबाट

विशेष