राजनीति

द्वन्द्वपीडितका लागि थप राहतको व्यवस्था मिलाउनेः मन्त्री यादव

द्वन्द्वपीडितका लागि थप राहतको व्यवस्था मिलाउनेः मन्त्री यादव
shita-devi-yadavमंसिर - १४ । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिका परिवारको लागि थप राहतको व्यवस्था मिलाउन आफू लागिपरेको बताएकी छन् । शान्ति समिति इलामले मंगलबार आयोजना गरेको अन्तरक्रियामा उनले द्वन्द्वपीडित परिवारले रु तीन लाख र पाँच लाख मात्रै पाएको गुनासो आएकाले ढिला नगरी थप राहतको व्यवस्था गरिएको बताइन् । मन्त्री यादवले सशस्त्र द्वन्द्वको घाउ अझै निको भइनसकेकाले आपसी सद्भावको विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिदैं सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका व्यक्तिहरूको अङ्ग प्रत्यारोपण, विस्थापित भएकाहरूको पुनर्वास, बेपत्ता पारिएकाहरूको सत्य तथ्य छानविन र घाइते भएकाहरूको उपचार गर्न ढिलाई नगरिने बताइन् । द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका काम पनि अघि बढाइने उनले भनिन् ।

Shita Devi Yadav

विशेष