राजनीति

पाँच नम्बर प्रदेशका सबै सांसद एक छौं, हेरौं यो सरकारले संशोधन कसरी गर्छ ?

पाँच नम्बर प्रदेशका सबै सांसद एक छौं, हेरौं यो सरकारले संशोधन कसरी गर्छ ?
chandra-bhandari चन्द्र भण्डारी, सांसद पाँच नम्बर प्रदेश, गुल्मी

पाँच नम्बर प्रदेशका करिब १२ जिल्लाका बासिन्दा सीमांकनमा चित्त बुझाएर बसेका छन् । यो प्रदेशमा कुनै समस्या छैन । कसैको चित्त नबुझेको भन्ने पनि छैन ।

यो प्रदेश त झन मुलुकलाई संकट पर्दा पनि सहयोगी भएर काममा आएको थियो । नाकाबन्दी हुँदा पनि यो प्रदेशले राजधानीमा खाद्यन्न ढुवानी गरेको थियो ।

पाँच नम्बर प्रदेशका हामी जनताले सीमांकन भएन भनेकै छैनौं । जब यहि क्षेत्रका जनताले कुनै माग गरिरहेका छैनन् भने यही प्रदेशलाई किन चलायो सरकारले ? सरकारले जानी जानी मुुुलुकलाई द्वन्द्वमा लैजान यस्तो संशोधन प्रस्ताव दर्ता गरेको हो । रुकुम, रोल्पा, प्युठान, गुल्मी अर्घाखाँची पाल्पाका जनता अर्को प्रदेशमा जान चाहँदैनन् । तराईका जनतालाई पनि यी जिल्लासँग रहन कुनै आपत्ति छैन ।

यो सबै सन्तुष्टि थाहा पाउँदा पाउँदैन सरकारले किन असन्तुष्टिको बिउ रोप्न खोजिरहेको छ ? यसले हिंसा भड्काउने काम गरेको छ । यो क्षेत्रका सबै सांसदहरु एकजुट छौं । हामी सामूहिक रुपमा प्रतिकार गर्छौैं ।

अर्को कुरा यो संविधानमा भएको व्यवस्थाअनुशार अहिले कुनै पनि संशोधनका काम गर्न मिल्दैन । अदालतमा पनि यो प्रक्रियाविरुद्ध मुद्धा परिसकेको छ । यति हुँदा हुँदै पनि संशोधन प्रस्ताव अघि बढ्यो भने हामी संशोधनको विपक्षमा मतदान गर्छौं ।

सरकारले जे मन लाग्यो, त्यही गर्दै हिड्न पाउ्रँदैन । त्यसो गर्न खोज्छ भने हामीले पनि के गर्नुपर्छ जानेका छौं । अर्को कुरा के भने यो संशोधन प्रस्तावले हाम्रो अपमान पनि गरेका छ । यो अपमानको बदला संशोधन प्रस्ताव असफल पारेर लिइन्छ ।

(प्रदेश नम्बर पाँचका कांग्रेस सांसद भण्डारीसँग गरिएको कुराकानीमा आधारित)

विशेष