राजनीति

संशोधन विधेक दर्ता गरेकोमा एमालेद्वारा विरोध, सरकारी गाडीमा तोडफोड

संशोधन विधेक दर्ता गरेकोमा एमालेद्वारा विरोध, सरकारी गाडीमा तोडफोड
nabina-lama-birodh-karekram मंसिर – १५ । सरकारले मंगलबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा उत्रिएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै एमालेका युवा सडमा उत्रिएका हुन् । बुधबार एमाले युवा संगठन अनेरास्ववियु र युवा संघले नयाँ बानेश्वरमा एक घन्टा टायर बालेर चक्काजाम गरे । प्रदर्शनका क्रममा एमाले युवाले बा १ झ ८११३ नम्बरको सरकारी गाडी तोडफोड गरेका छन् । प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रको सवारी अवातजातव अस्तव्यस्त भएको छ । बुधबार विहान अनेरास्ववियु र युवा संघको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो । एमाले युवा संगठनले केहीबेरमा फेरि अर्काे बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । विरोध प्रदर्शनका क्रममा युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक जलाएका छन् ।

विशेष