विचित्र विश्व

खराब बानीका राम्रा फाइदा

खराब बानीका राम्रा फाइदा

 

बालबालिकादेखि वृद्धाहरु सबैको भिन्दै बानी हुन्छन् । कोहीलाई नङ टोक्ने बानी हुन्छ त कसैलाई पेय पदार्थको धेरै प्रयोग गर्ने बानी वा लत हुन्छ । तर, समाजमा यस्ता बानीहरुलाई नराम्रो बानी मानिन्छ । तर नराम्रा बानीहरुमध्ये केहीले हामीलाई राम्रो पनि गरिरहेको हुन्छ । जानौँ ती नराम्रा बानी जसले हाम्रो जीवनमा राम्रो गरिरहेका हुन्छन् ।

१. नङ टोक्ने बानी

कसैको नङ टो्रक्ने बानी छ भने समाजमा कस्तो नराम्रो बानी भन्ने गरिन्छ । बालबालिकाहरुलाई पनि नङ टोक्ने बानी नराम्रो भनेर बुझाइन्छ । तर, यो भने सत्य होइन । वैज्ञानिकको अनुसन्धान अनुसार औँला चुस्दा अथवा नङ टोक्दा अउ कन्त्रेर नामक जीवाणु शरीरमा प्रवेश गर्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र एलर्जी कम आउने गर्छ ।

२. झगडा

झगडाले हाम्रो शरीरलाई फाइदा गर्छ नै त भन्न सकिन्न । तर झगडाले आफूमाथिको विश्वास बढाउन मद्यत पुर्याउँछ र शरीरलाई झगडा परेको बेला अथवा कुनै घटनामा हुने चोटबाट सहन सक्ने क्षमताको विकास गराउँछ । तर कुनै झगडामा भने तपाईँको ज्यान पनि जोखिममा रहन सक्छ । त्यसैले यस बारेमा भने आफू सचेत रहनु पर्छ ।

३.झूठ

हरेक ब्यक्तिलाई झूठ बोलेको मनपर्दैन । बालबालिकालाई पनि झूठ बोल्न हुन्न भनेर सिकाइन्छ । बालबालिकालाई सिकाइए पनि अभिभावक तथा शिक्षकले पनि झूठ बोल्ने गर्दछन् । समय सन्दर्भ अनुसार थोरै झूठ बोल्दा फाइदा हुने नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । सर्वेक्षण अनुसार कोहीले पनि अपरिचितसँग बोल्दा प्रति मिनेट ३ पटक झूठ बोलिरहेको हुन्छ । मानिसले तपाईँलाई असल भएको भन्दा पनि राम्रो भएको देख्न चाहिन्छन् । राम्रो मान्छे बन्नका लागि थोरै झुट बोल्नु आवश्यक रहेको अध्ययनहरुले देखाउँछन् ।

४. रक्सी पिउने बानी

पेय पदार्थको अध्याधिक सेवन पक्कै पनि राम्रो बानी होइन । तर, समय र मात्रा मिलाएर खाने हो भने पक्कै पनि फाइदा नै हुन्छ । यसरी समय र मात्रा मिलाएर खाने हो भने यसले हामीलाई अल्जाइमर र पार्किन्सनजस्ता रोगबाट बचाउनुका साथै मुटु तथा रगत नलीलाई स्वास्थय राख्छ ।

५. भिडियो गेम

सबैको घरमा बालबालिकाले भिडियो गेमहरु खेल्न रुचाउँछन् तर अभिभावकले पढाई बिग्रिन्छ भनेर भिडियो गेम खेल्न दिँदैनन् । सर्वेक्षण र अनुसन्धान अनुसार यदि कसैले नियमित रुपमा भिडियो गेम खेल्ने गरेमा खेल्ने व्यक्तिको हात र आँखाको संयोजन र ध्यान केन्द्रित गर्न सक्ने क्षमताको विकास गराउँछ । यसका साथै यसले बोध, सावधानी, प्रतिकृया र अनुभवमा सुधार आउँछ ।

६. अपशब्दको प्रयोग

हरेक कोहीलाई अपशब्द बोलेको सुनियो भने जसले पनि गाली गर्ने गरेका छन् । यस्ता शब्दहरु हाम्रो समाजले राम्रो मान्दैन । तर एक अनुसन्धान अनुसार यस्ता शब्दले तपाईँलाई विशेष गरी पीडादायी समयमा फाईदा गर्ने देखाएको छ । अपशब्दको प्रयोगले तनाव र न्यूनकौतूहलता जस्ता समस्याको समाधान गर्ने गर्छ ।

Bad Habit Bad Habites

विशेष