राजनीति

नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ: वरिष्ठ नेता पौडेल

नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ: वरिष्ठ नेता पौडेल
ramchandra_paudelमंसिर - १६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा आज गैरआवासीय नेपाली सङ्घ जापानले आयोजना गरेको कार्यक्रममा उनले भने – 'स्थानीय जनताको भावना बुझेर सीमाङ्कनको टुङ्गो लगाउनुपर्दछ ।' वरिष्ठ नेता पौडेलले संविधान जारी गर्ने बेलामा काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरुले संसद्को रोस्टममा उभिएर संविधान संशोधनको प्रतिबद्धता जनाएको भन्दै संशोधनका लागि तीनै पार्टी एक ठाउँमा आउन जरुरी रहेको स्पष्ट पारे । साँघुरो विचार र कमजोर मानसिकताले केही गर्न नसकिने भन्दै उनले विविधताबीचको एकताको देश नेपाल भएकाले मधेसी जनतामा आफूहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताए । वरिष्ठ नेता पौडेलले विगतको शासन व्यवस्थामा मधेस र मधेसी हेपिएको चर्चागर्दै लोकतन्त्रको स्थापनापछि यो क्रमशः हट्न थालेको बताए ।

Ramchandra Paudel

विशेष