राजनीति

“तराई र पहाडलाई छुट्याउने कुरा मान्य हुँदैन”

“तराई र पहाडलाई छुट्याउने कुरा मान्य हुँदैन”
Bhim-Rawal मंसिर–१६ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्तावअन्तर्गत प्रदेश सीमाङ्कनका नाममा तराई–पहाड छुट्याउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन् । एमाले कञ्चनपुरले बिहीबार भीमदत्तनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले प्रश्न गरे,“अर्घाखाँची, पाल्पा र गुल्मीलाई रुपन्देही र कपिलवस्तु जिल्लासँग छाड्दा के को आपत्ति, तराई र पहाडलाई छुट्याउने कुरा मान्य हुँदैन, जनताबीच कलह गराएर देशलाई द्वन्द्वतर्फ लैजान पाइँदैन ।” विगतमा पनि क्षेत्र नं ७ बाट माओवादी र मधेसकेन्द्रित दलले कैलाली र कञ्चनपुरलाई छुट्टयाउन प्रयत्न गरेको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री रावलले हिन्दी भाषालाई सरकारी कामकारबाहीको भाषा बनाउन प्रयास भइरहेको आशङ्का पनि व्यक्त गरे ।

Bhim Rawal

विशेष