राजनीति

स्थानीय तहको निर्वाचन गरौं तर पञ्चायती शैलीको –मधेसी मोर्चा

स्थानीय तहको निर्वाचन गरौं तर पञ्चायती शैलीको –मधेसी मोर्चा

madhesi

मंसिर –१७ । मधेसी मोर्चाले यथास्थितिमा स्थानीय निकाय चुनाव हुन नसक्ने भएकोले चुनावमा जान संविधान संशोधन विधेयकमा परिमार्जन गर्नुपर्ने सर्त राखेको छ । मोर्चाले दलीय नभई निर्दलीय आधारमा चुनाव गर्न पनि सुझाएको छ । स्थानीय तहमा दलगत राजनीति रोक्ने स्वतन्त्र शैलीबाट चुनाव गर्न मोर्चाका नेताले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । सत्तासीन दलसँग बिहीबार भएको बैठकमा मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायमा दलगत राजनीति रोक्ने स्वतन्त्र शैलीबाट चुनाव गर्न प्रस्ताव राखेका हुन् । –नागरिक दैनिकबाट

विशेष