कला साहित्य

कविता श्रेष्ठको ‘मंसिर’ बजारमा

कविता श्रेष्ठको  ‘मंसिर’ बजारमा

kabita युवा साहित्यकार कविता श्रेष्ठको दोस्रो कृती मंसिर विमोचन भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसको प्राङगनमा कार्यक्रम गर्दै उनको कथा संग्रह ‘मंसिर’ बिमोचन भएको हो । कथा संग्रह मंसिरलाई साहित्यकार शेर बहादुर शेनले बिमोचन गरेका हुन ।

विमोचन कार्यक्रममा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीले श्रेष्ठको कथा संग्रह मंसिरले बजारमा नया छाप छोड्ने बताएका छन । साहित्यकार श्रेष्ठको अनुसार मंिसर कथा संग्रहमा समाजमा देखिएका विविध घटनाहरुलाइ नविन ढंगले समेटिएको छ ।

विद्यार्थी संगठनको तर्फबाट कार्यक्रममा बोल्दै क्रान्तिकारीका अध्यक्ष नवराज कार्कीले मंसिर कथाले सर्जक श्रेष्ठलाई नया उचाई दिने विस्वास गरे । उनले भने ‘मंसिर कथा नेपाली साहित्यमा एउटा उच्च कोटीको कथा संग्रह बनेर रहनेछ । मंसिर कथा नेपाली साहित्यको लागि उपहार हुनेछ । ’

उनी भन्छिन ‘मंसिर कथामा माया प्रेम साथसाथै प्रेमले निम्त्याएका अनगिन्ती समस्याहरुको नया ढंगले चित्रण गरिएको छ । ’केही वर्ष अघि ‘सर्मपण’ नामक कविता संग्रह बजारमा ल्याएकी श्रेष्ठको ‘मंसिर’ दोस्रो कृती हो । हाल उनी कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत छिन ।

Kabita Shrestha

विशेष