राजनीति

समृद्ध क्रान्ति लिएर आउदै अरुण कुमार सुवेदी

समृद्ध क्रान्ति लिएर आउदै अरुण कुमार सुवेदी
अरुण कुमार सुवेदी पेशाले व्यासायी हुन । व्यापार व्यासायमा व्यस्त भएतापनि उनी विभिन्न लेखहरु लेख्ने गर्छन । राजनीति विश्लेषक उनको अर्को परिचय हो । नेपालको राजनीति र कुटनीति विषयमा उनको लेखहरु विभिन्न पत्रिकाहरुमा आउने गर्दछ । समसामयिक विषयमा चोटिलो समिक्षा गर्न उनी माहिर छन । कुटनीति विषयमा उनको विशेष रुचि र दख्खल रहेको छ । अरुण कुमार सुवेदी पछिल्लो समय समृद्धी क्रान्ति नामक युट्युब ब्लक लिएर आएका छन । उक्त ब्लकमा सुवेदीले समसामयिक नेपालको विविध गतीविधिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नेछन । उक्र कार्यक्रमको कुनै प्रायोजन र आयोजक नभएको बताउदै समृद्ध नेपाल क्रान्ति भएको बताउछन । नेपालआजसंग कुरा गर्दै सुवेदीले भने ‘समृद्धी क्रान्ति नेपालको लागि बिलकुल नया किसिमको अवधारण हो । यसमा नेपालको राजनीतिक बिग्रनुको कारण र परिणाम को छलफल हुनेछ । देशमा भएका विभिन्न घटनाहरु किन र कसरी भए ? के गरेको भए राम्रो हुने थियो ? यो सबै विषयमा उनको निजी धारण समिक्षा सहित प्रस्तुत हुनेछ । ’ सुवेदीका अनुसार समृद्ध नेपाल यस्तो कार्यक्रम हो जसमा देश किन समृद्ध हुन सकेन । त्यसलाई व्याख्या र विश्लेषण सहित बताईन्छ । भर्खरै मात्र पहिलो भाग सार्वजानिक गरेका सुवेदीले ५० वटा विषयमा आफ्नो समीक्षासहितको धारणा प्रस्तुत गर्नेछन । समृद्ध नेपालको मुख्य विषयहरुमा विशेष गरि राजनीति कुटनीति, शिषा, स्वास्थ्य, कृषी, महिला, बालबालिका, अनर्तराष्ट्रिय समबन्धको बारेमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उदेश्य नै मुलुकलाई कसरी अगाडी बढाउन भन्ने बारेमा छलफल गर्ने हो । पहिलो भाग हेर्न यहा क्लिक गर्नुस:  [embed][/embed]

विशेष