पहाडबाट सबै तराई नटुक्र्याएसम्म मान्दैनौं– मधेसी मोर्चा
मंसिर–१७ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ । सीमांकनबारे झापा, मोरङ, सुनसरी ,कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ ।
नवलपरासीलाई टुक्र्याझैँ झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि फुटाएर मधेसको भाग मधेस र पहाडको भाग पहाडी प्रदेशमा गाभ्नुपर्ने सर्त उसको छ । त्यस्तै राज्य पुन ःसंरचना आयोगको रिपोर्ट अनुसार १० प्रदेश बनाए सीमांकन समस्या समाधान हुने ठहर मोर्चाको छ । –नागरिक दैनिकबाट