राजनीति

गरिबी निवारणका लागि रोजगारीसँगै सीप दिनुपर्ने–मन्त्री थानी

गरिबी निवारणका लागि रोजगारीसँगै सीप दिनुपर्ने–मन्त्री थानी
hirdayaram-thani
मंसिर - १८ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले देशका २५ जिल्लामा मात्रै तीन लाख ५६ हजार जनता गरिबीको रेखामुनि रहेको बताएका छन् । शनिबार चितावनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली शिक्षित नबनेसम्म गरिबी नहट्ने बताए । शिक्षित बनाउँदै आयमूलक कार्यमा लाग्नसके छिट्टै गरिबी घटेर जाने उनको भनाइ थियो । परिचयपत्र बाँड्दैमा मात्र पनि समस्याको समाधान नहुने भन्दै उनले गरिबीको रेखामुनि रहेकाको जीवनस्तर कसरी उठाउने भन्ने विषयमा सरकारले गम्भीर रुपमा गृहकार्य गरिरहेको बताए । गरिब जनतालाई राहतसँगै रोजगारी र सीप दिनुपर्नेमा उनले जोड दिए । राजनीतिक अस्थिरताका कारण अहिलेसम्म गरिब जनतालाई माथि उठाउन नसकेको भन्दै उनले अबको समय आर्थिक समृद्धिको भएकाले त्यस तर्फ लाग्नुपर्ने बताए । अर्को एक प्रशङ्गमा उनले संविधान कार्यान्वयनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । यस अघिको सरकारले तयार गरेको संशोधनको खाका अनुरुपनै प्रस्ताव पेस गरिएको भन्दै मन्त्री थानीले असहमति छलफलबाटै टुङ्ग्याउनुपर्ने बताएका थिए। रासस

गरिब परिचयपत्र गरिबी हृदयराम थानी

विशेष