देश मुख्य समाचार

अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर

अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर
मंसिर -१८ । पहाडी जिल्लालाई ५ नं प्रदेशबाट हटाउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्धमा चार दिनदेखि गरिएको अर्घाखाँची बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ । बुधबारदेखि सुरु गरिएको अनिश्चितकालीन बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरुपमा ठप्प रहेका छन् । घर र बेँसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ संशोधन प्रस्ताव ल्याइएको भन्दै दिनहुँ सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ । स्वतःस्फूर्त रुपमा युवा, विद्यार्थीदेखि सर्वसाधारण सडकमा उत्रिएका छन् । आन्दोलनमा यातायात व्यवसायी तथा व्यापारी सबैको ऐक्यबद्धता र सहभागिता रहेको संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक विष्णुप्रसाद खनालले बताए । जिल्लाका विद्यालयमा सञ्चालन गरिएको अर्धवार्षिक परीक्षा पनि शुक्रबारदेखि बन्द रहेको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिए ।

अर्घाखाँची बन्द

विशेष