मंसिर – १८ । चितवनकाे भरतपुरमा नयाँ शक्ति नेपाल राजनीति संवाद समितिको आयोजना एक बृहत् अन्तसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नयाँ शक्ति पार्टीका नेता गंगा नारायण श्रेष्ठले नयाँ युगको नेतृत्व गर्न नयाँ शक्तिको उदय भएको बताउँदै आगामि दिनमा पार्टीले शशक्त अभियानको थालनी गर्ने बताए ।

अर्का नेता निर्मल भट्टराईले नयाँ शक्ति एउटा पार्टी मात्र नभएर देशको आर्थिक समवृद्धिको नेतृत्व गर्ने अभियान भएकोले समाजका हरेक क्षेत्रका अशल मानिसहरु यो अभियानमा सामेल हुन सक्ने बिचार ब्यक्त गरे । नयाँ शक्तिका केन्द्रिय नेताहरु सोनाम सिंग स्याङ्ताङ , हरिराम रिमाल र जगन्नाथ आचार्यले आ–आफ्नो धाराणा राखेका थिए ।

सो अन्तरसंवाद कार्यक्रम चितवनका बामपंथी नेता हरि सापकोटा, प्रा.डा महेश्वर सापकोटा, डा.सुवाश बस्नेत, युवा प्रतिनिधि प्रदिप रेग्मी, विद्यार्थी प्रतिनिधि माधब न्यौपाने, महिला प्रतिनिधि पबित्रा जोशी, थारु प्रतिनिधि ललित चौधरी, प्रा.बालकृष्ण पौडेललगायतले नयाँ शक्ति पार्टी बारे आफ्नो आलोचना टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए ।
तस्बिरः निर्मल भट्टराईकाे पेसबुकबाट ।
चितवन
नयाँ शक्ति