अहिलेको संशोधन प्रस्ताव पारित भएमा बिमति राख्दै स्वीकार गर्छौ – हृदेयश त्रिपाठी
मंसिर १९ ।
संशोधन प्रस्ताव पारित गर्न तपाइहरुको साथ रहला ?
– तीनवटा विषयमा सहमत हुने स्थिति छ । सीमांकनको विषय यथास्थितिमा स्वीकार गर्ने स्थिति छैन । पर्याप्त छैन । एककदम अगाडि छ । तर, सरकारसँग अर्को चुनौती के हो भने यो पारित हुने अवस्थाको विषयमा जति बल गर्नुपर्ने हो भइरहेको छ कि छैन ? पारित हुने स्थिति बन्यो भने मलार्य लाग्छ, आफ्नो केही सिजर्भेसनका साथ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन गर्नेछ । हाम्रो माग यथावत रहन्छ । परक विचारका साथ यसका सकारात्मक पक्षलाइ स्वीकार गर्दै अगाडि बढ्न सकिन्छ ।
(कान्तिपुर दैनिकमा प्रकाशित तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेयश त्रिपाठीसँगको अन्तर्वार्ताबाट)