विचित्र विश्व

सुतिरहेकी आफ्नी प्रेमिकालाई अजिंगर लगाइदिएपछि....

सुतिरहेकी आफ्नी प्रेमिकालाई अजिंगर लगाइदिएपछि....

pythons-768x434 प्रत्येक महिलाको सपना हुन्छ उनको जीवनसाथीले हरेक बिहान प्रेमपूर्ण आवाजले निद्राबाट जगाओस् र उठाओस् । तर एकजना युवतीमाथि यस्तो भयो जुन उनले न त कल्पना नै गरेकी थिइन्न, न त अब कहिल्यै भुल्न सक्छिन् । ती युवतीका ब्वायफ्रेण्डले उनलाई निद्राबाट जगाउनका लागि जुन उपाय अपनाए त्यो निकै डरलाग्दो छ ।

girlfrn

गर्लफ्रेण्ड बिहान हुँदासम्म पनि नउठेपछि उनका ब्वायफ्रेण्डले एकाएक उनीमाथि दुइवटा अजिंगर ल्याएर उनको शरिरमा फ्याँकिदिए । अजिंगरका बारेमा अनजान ती युवतीलाई जब उनका ब्वायफ्रेण्डले त्यो कुराको जानकारी दिए तब उनको होसहबास उड्यो र रुन चिच्याउन थालिन् । उनी डरले काँपिरहेकी थिइन् तर उनको तमासा देखेर ब्वायफ्रेण्ड हाँसिरहेका थिए ।

पछि उनको सरीरमाथि घस्रिरहेका अजिंगरलाई तानेर लगियो । तर ती युवती भने डरले काँप्दै केहीबेर रोइरहिन् । उनी थामिन सकिरहेकी थिइनन् । ब्वायफ्रेण्डले यो सबै मजाक हो, भन्दा पनि निकै रिस र त्रासमा प्रस्तुत भइरहेकी थिइन् ।

Python

विशेष