लेन्डुप स्टाइलमा महन्थ ठाकुरले भने, ‘मधेस अलग हुन सक्छ’
मंसिर– २० । राष्ट्रपतिसँगको छलफलमा मधेस केन्द्रित दलका नेताले मधेसमाथिको विभेद जारी रहे अलग्गै राज्य हुन सक्ने चेतावनी दिएका छन् । संविधानप्रति असन्तुष्टी जनाउँदै आएका मधेसी दलका नेताले नश्लवादी सोच त्याग्न पनि आग्रह गरे ।
तराई मधेस लोकतन्त्र पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथिको विभेद जारी रहेको बताउँदै प्रमुख राजनीतिक दललाई नश्लवादी सोच त्यागेर समस्या समाधानमा लाग्न आग्रह गरे । ‘मधेसी अब यो सत्तासँग रहेनन्, अब मधेस पनि नरहन सक्छ’ ठाकुरको भनाइ उदधृत गर्दै एक नेताले भने, ‘मधेस अलग पनि हुन सक्छ ।’ –नागरिक दैनिकबाट