चीनलाई झड्का दिने प्रचण्ड सरकारको अर्को कदम
मंसिर–२० । गत कात्तिक २९ गते राहदानी र प्रवेशाज्ञाबिना गैरकानुनी ढंगले भारत प्रवेश गर्ने क्रममा धनगढीबाट पक्राउ परेका ४१ जनता तिब्बती नागरिकको रिहाइ शंकास्पद बनेको छ ।
चिनियाँ राहदानी नेपाली भिसाका साथ हवाई माध्यमबाट नेपाल आएका ती तिब्बती गैरकानुनी ढंगले भारत प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । केही दिन अध्यागमन विभागको हिरासतमा बसेका उनीहरु सामान्य कारबाहीपछि रिहा भएका थिए ।
अध्यागमनबाट रिहाइ हुने बित्तिकै ती तिब्बती नागरिक काठमाडौैंस्थित तिब्बती क्याम्पको सम्पर्कमा गएको स्रोतले बतायो । धनगढीबाट काठमाडौ ल्याउने बित्तिकै नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालयले उनीहरुलाई बिना शर्त रिहा गर्न दबाब दिएको थियो । अन्नपूर्ण पोस्ट्बाट