मन्त्री भएपछि पहिलो पटक गगन थापाले राम्रो कुरा सुनाए

मंसिर २० । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले सबै नागरिकको अनिवार्य स्वास्थ्य सेवा बीमा गर्ने बताएका छन् । आफ्नो कार्यकालको महत्वपूर्ण निर्णयनै स्वास्थ्य बीमा रहेको भन्दै मन्त्री थापाले गरिव र विपन्नहरुले पनि उपचारको अभावमा मृत्युवरण गर्नु नपर्ने बताए ।
स्वास्थ्यक्षेत्र सुधारका लागि २२ औं दिन आमरण अनसन टुंग्याएका डा. गोविन्द केसीका मागहरु पूरा गरि फेरि अनसन बस्न नपर्ने वातावरण बनाइने उनले बताए ।
भुकम्पले भत्काए पछि करिव १ करोड ५ लाखको लागतमा निर्माण भएको धादिङस्थित सेम्जोङ्ग–५, खत्रीपाङ्ग स्थित चौतारा माध्यमिक विद्यालयको ८ कोठे नवनिर्मित भवनको उदघाटन गर्दै उनले ‘भूकम्पपछि पुनर्निर्माणका क्रममा सरकारलाई संघसंस्थाहरुले उछिनेको बताए ।
विद्यालय भवन जिल्लास्थित पर्यावरण संरक्षण मञ्च.इपीएफं मार्फत दक्षिण कोरीयाको द प्रमिस र द प्रे नेपाल ले कटुन्जे र सेम्जोङ्गका ३ वटा माध्यमिक विद्यालय निर्माण गर्न अनुदान सहयोग गरेको थियो ।