राजनीति

श्रीलंकासँग मिलेर काम गरिने

श्रीलंकासँग मिलेर काम गरिने
puspa-kamal-dahal-prachanda मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संघठन (सार्क) र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवादसमेत दिनुभएको । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा श्रीलंकाली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६०औँ वर्षको अवसरमा प्रधानमन्त्री दाहाललाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा दिए ।

Prachanda

विशेष