राजनीति

सिमाकंन बारे नवलपरासीका सांसदको नयाँ धारणा

सिमाकंन बारे नवलपरासीका सांसदको नयाँ धारणा
netaमंसिर – २०, नवलपरासी । सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । सांसदद्वय बिक्रम खनाल र देवकरण प्रसाद कलवारले हाल प्रदेश नं ४ र ५ मा राखिएको नवलपरासीलाई जिल्लामा बिद्यामान अवस्था परिस्थिती र जिल्लाबासीको मागलाई ध्यानमा राखी सिमांकनको ब्यवस्थापन गर्न माग गरेका हुन् । letter नेपाली काग्रेसका नेताद्वय खनाल र कलवारले आफ्ना पार्टी सभापति शेरबहादुुर देउवासमक्ष साेमबार आफ्ना धारणा लिखित रुपमा ब्यक्त गरेका छन् । हाल संसद सचिवालयमा सरकारको तर्फबाट संबिधान संसोधन दर्ता भएको अवस्थामा नवलपरासी जिल्लाको सन्र्दभमा आफ्ना नयां धारणा ब्यक्त गरेका हुन् । जस अनुसार पहाडी , तराई र भित्री मधेश गरी सुन्दरभूमी भएको नवलरासीमा प्रकृतिक स्रोत सम्पदा हिसाबमा दुई अलग अलग प्रदेशमा राख्ने नहुने लिखित सुझाब नेता खनाल र कलवारले पार्टी सभापति देउवा समक्ष पठाएका छन् । 'कुनै पनि हिसाब दुई प्रदेशमा राख्ने परे दाउन्ने चुचुरोलाई आधार मानी सिमांकलन गर्न आग्रह गरिएको छ यसो भए आफूहरु जनताको साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने छाैँ ।' नेता खनाल र कलावारद्वारा पार्टी सभापति देउवालाई पठाईएको पत्रमा जनाईएको छ ।
रबिन्द्र यादव । नवलपरासी 

नवलपरासी शेरबहादुुर देउवा संबिधान संसोधन

विशेष