राजनीति

देशव्यापी आन्दोलन गर्ने एमालेको निर्णय

देशव्यापी आन्दोलन गर्ने एमालेको निर्णय
cpn-uml
मंसिर - २० । सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमालेले भने देशव्यापी आन्दोलनको तयारी थालेको हो । संशोधन प्रस्ताव राष्ट्रघाती भएको दाबी गर्दै एमालेले बिहीबारदेखि नै संसद् अवरोध गर्ने भएको छ । सोमबार बसेको बसेको बैठकमा कसरी अघि बढ्ने भन्ने समीक्षा भएको थियो । बैठकमा आन्दोलनलाई अझ ब्यापक बनाउन देशीव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । एमालेको पहिलो रणनीति सडक र सदनबाट सरकारलाई अप्ठ्यारोमा पारेर प्रस्ताव असफल बनाउने रहेको छ । त्यसैले त्यो प्रस्तावको विपक्षमा हुने साना दलहरूलाई गोलबन्द गर्ने र कांग्रेस तथा माओवादीका असन्तुष्ट नेताहरूलाई समेत प्रयोग गर्ने योजना एमालेको छ । एमालेले संशोधन प्रस्ताव संसद्बाटै असफल पार्ने र त्यसका लागि संसद् अवरुद्ध गर्नुका साथै उसकाे भातृ संगठनहरुले सडक अान्दाेलनका कार्यक्रम गर्दै अाएकाे छ ।

आन्दोलन एमाले

विशेष