राजनीति

द्रुतमार्ग निर्माण चाँडो गर्नुपर्छ – अध्यक्ष थापा

द्रुतमार्ग निर्माण चाँडो गर्नुपर्छ – अध्यक्ष थापा
मंसिर - २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निजगढ–काठमाडौँ द्रुतमार्ग र निजगढ विमानस्थल निर्माण तत्काल सुरु गर्नुपर्ने बताएका छन् । निजगढ–काठमाडौँ द्रुतमार्ग र निजगढ विमानस्थल निर्माण सङ्र्घष समितिले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सो द्रुतमार्ग र विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि त्यहाँ हुने आर्थिक गतिविधिले मुलुकको समृद्धिमा योगदान पु¥याउने विचार व्यक्त गरे । अध्यक्ष थापाले सरकारले स्वदेशी पुँजी परिचालन गरेर काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै द्रुतमार्ग र विमानस्थल निर्माणमा आफ्नो पार्टीको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए। राष्ट्रिय गौरवको सो योजनालाई विशेष प्राथमिकतामा राखेर तत्काल निर्माण कार्य सुरु गर्न सरकार र संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सङ्घर्ष समितिका अध्यक्ष रवीराज दङ्गालको नेतृत्वमा यही मङ्सिर १७ गते निजगढबाट पैदल हिँडेको ६१ सदस्यीय प्रतिनिधिमण्डल साेमबार काठमाडौँ आइपुगेका छन् । https://twitter.com/KTnepal/status/805753716766691329

कमल थापा निजगढ–काठमाडौँ द्रुतमार्ग

विशेष