संशोधन प्रस्ताव पास नहुने देखेपछि राप्रपा पनि उफ्रियो– ‘हामी पनि मान्दैनौं, प्रस्ताव राष्ट्रघाती छ’
मंसिर २१ । सत्तारुढ दल राप्रपाले सरकारद्वारा संसदमा दर्ता संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ । राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनमा रहेका केही दफा राष्ट्रहित अनुकूल नभएको निर्णिय गरेको छ । राप्रपा ३७ स्थानसहित संसदमा चौथो स्थानमा छ । पं्रमुख तीन दल नमिल्दा प्रस्ताव पारित गर्न राप्रपाको समर्थन अनिवार्य हुन्छ । सो दलले संविधान संशोधन प्रस्तावविरुद्ध मधेसी मोर्चाको असन्तुष्टि प्रदेश नम्बर ५ का जनताको असन्तुष्टि, सदनमा जारी अवरोधका कारण समेत नयाँ समझदारी खोज्नुपर्ने जनाएको छ । नागरिक दैनिकबाट