रुपन्देहीमा आन्दोलनबाट बाहिरियो नेपाली कांग्रेस, एमालेलाई झड्का
मंसिर २१ । प्रदेश नम्बर पाँच बाट पहाडी जिल्ला टुक्र्याएर प्रदेश नम्बर ४ मा गाभ्ने सरकारी प्रस्ताव विरुद्धको आन्दोलन चर्कर्दै गइरहेको बेला रुपन्देही कांग्रेसले आन्दोलनमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । जिल्ला सभापति अब्दुल रज्जाकले विज्ञप्ति निकालेर एमालेले सञ्चालन गरेको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएका हुन् ।
संविधान संशोधनले समस्या समाधान गर्ने भएकाले कांग्रेस संशोधनको पक्षमा छ, एमालेले चलाएको आनदोलनमा सहभागी नहुन कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकलाई आग्रह गर्दछु, –रज्जाकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रज्जाकले आनदोलनमा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेपछि स्थानीय स्थतरमा असन्तुष्टि बढेको छ । विभिन्न विद्यार्थी संगठनसँगै आन्दोलनमा होमिएको नविसंघका प्रदेश उपाध्यक्ष प्रकाश रानाले आन्दोलनमा सहभागी नहुन भन्नु गलत भएको बताएका छन् । –नागरिक दैनिकबाट