मुख्य समाचार राजनीति

संघीयताका बारेमा ओलीको बकपत्र, अन्तैको एजेण्डा हामीलाई बोकाइयो

संघीयताका बारेमा ओलीको बकपत्र, अन्तैको एजेण्डा हामीलाई बोकाइयो

नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता जबरजस्ती बोकाएको बताएका छन् । यसअघि पनि उनले संघीयता एमाले र नेपालको एजेण्डा नभएको बताएका थिए ।

सोमबार कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायर साइडमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै बाध्यताबश संघीयता स्विकार गरिएको स्पष्ट गरे । उनले संविधानसभाको चुनाव र संविधान जारी गर्नका लागि अनिच्छापूर्वक संघीयतामा गएको बताएका हुन् ।

संविधान जारी हुनुपूर्व एमाले अध्यक्ष ओलीले संघियता आफुहरुको एजेण्डा नभएको तर जवरजस्ती ग्रहण गरिएको खुलाशा गरेका थिए । २०७१ पुसमा हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै अध्यक्ष ओलीले संघीयता बाध्यताले स्विकार गरिएको र यसका बारेमा भावी पुस्ताले मूल्याँकन गर्ने बताएका थिए । प्रधानमन्त्री भएकै बखत ओलीले संघीयता खसीको टाउकोमा फर्सीजस्तो भएको भनि कटाक्ष गरेका थिए ।


आइतबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उपाध्यक्ष बामदेब गौतमले बर्दिया देखि नवलपरासीका पाँच जिल्ला राखेर प्रदेश बनाउनुपर्ने भनि एमालेले डेढ वर्ष अघि षडयन्त्रमा परेर प्रस्ताव ल्याएको खुलाशा गरेका थिए । षडयन्त्र कस्ले गरेको थियो भन्ने बारेमा केही नबोलेका गौतमले आफुहरुले बनाएको प्रदेश नम्बर २ ले देश टुक्राउने जोखिम रहेको स्विकार गरेका थिए । उनले प्रदेश नम्बर २ लाईपनि हिमालसम्म जोड्न प्रयास गरिने बताएका थिए ।

एक अर्को प्रसंगमा बरिष्ठ नेता झलनाथ खनालले देशले संघीयता थेग्न नसक्ने अभिव्यक्ति दिएका थिए । एमाले नेताहरुले एकपछि अर्को गरी संघीयताको विपक्षमा अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ । भावि निर्वाचनमा एमालेले संघीयता विरोधी एजेण्डा लिएर जाने आँकलन गरिएको छ । त्यसैको पूर्वअभ्यासका रुपमा आक्रामक अभिव्यक्ति आएको बताइएको छ ।

Bamdev Gauta Jhalanath Khanal KP Oli

विशेष