राजनीति

संविधान संशोधन प्रस्ताव फिर्ता नलिँदासम्म समस्या समाधान हुन्नः नेता खड्का

संविधान संशोधन प्रस्ताव फिर्ता नलिँदासम्म समस्या समाधान हुन्नः नेता खड्का
मंसिर – २१ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले संविधान संशोधन प्रस्ताव फिर्ता नलिँदासम्म मुलुकमा उत्पन्न समस्या समाधान नहुने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् । ‘अवस्था हेर्दा दुई तिहाई पुग्ला जस्तो देखिँदैन, दुई तिहाई नपुगेपछि संविधान संशोधन हुन सक्तैन ।’ खड्काले भने, ‘बरु प्रस्ताव फिर्ता गरी परिमार्जित गरेर लैजानुपर्यो, होइन भने मुठभेटको स्थितिमा मुलुक जाने मैले देखेको छु ।’ देशले निकास पाओस् भनेर सीमांकनको विषयमा प्रदेश नम्वर पाँचका केही जिल्लालाई ४ र ६ नम्वरमा गाम्भेमा सहमति जनाएका उनले स्पष्ट पारे । पाँच नम्वर प्रदेशका पहाडी जिल्लालाई अलग बनाउने प्रस्तावको विरोधमा सबै पार्टीमा आवद्ध कार्यकर्ताले सहानुभूती स्वरुप सहभागिता जनाएको दाबी गर्दै उनले यसको राजनीतिक रुपले फाइदा एमालेले लिन खोजिरहेकोे बताए । संघीयताका नाममा मुलुकलाई टुक्र्याउनु नै समस्याको विजारोपन सुरु भएको उनको तर्क छ । ‘म संघीयतामा जानुपर्छ भन्ने पक्षको मान्छे होइन, संघीयतामा जानु हुँदैन, संघीयताका कारण भोलि देश विभाजन हुन्छ ।’ उनले भने । नेता खड्काले हतारमा संविधान बनाउँदा यस्तो अवस्था आएको आरोप लगाए । मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने आफ्नो व्यक्तिगत माग भएको स्पष्ट पारे ।

खुमबहादुर खड्का नेपालगन्ज संविधान संशोधन

विशेष