राजनीति

संशोधन प्रस्ताव विरुद्धको आन्दोलनलाई सशक्त बनाउने

संशोधन प्रस्ताव विरुद्धको आन्दोलनलाई सशक्त बनाउने
मंसिर - २१ । विपक्षी दल निकटका युवा तथा विद्यार्थी सङ्गठनले संविधान संशोधन प्रस्तावको विरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित युवा सङ्घ नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए। उनले संशोधन प्रस्ताव नेपाली जनताको चाहना विपरीत ल्याइएकाले सरकारविरुद्ध आन्दोलन गर्न थालिएको बताए । उनका अनुसार बुधबार बिहान बालुवाटारमा प्रदर्शन र बिहीबार दिउँसो नयाँ बानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन कार्यक्रम तय गरेका छन् । बैठकमा युवा सङ्घका उपाध्यक्ष रमेश पौडेल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, प्रगतिशील युवा सङ्घका अध्यक्ष लोकेन्द्र शाही लगायत सहभागिता रहेको छ ।

युवा सङ्घ नेपाल संविधान संशोधन

विशेष