राजनीति

प्रधानमन्त्री दाहालको दैनिकी, पुलको शिलान्यासदेखि सुख्खा बन्दगाह अवलोकनसम्म

प्रधानमन्त्री दाहालको दैनिकी, पुलको शिलान्यासदेखि सुख्खा बन्दगाह अवलोकनसम्म

मंसिर २२ । संविधान संशोधनका बिषयमा दलहरुबीच धुव्रिकरण तिव्र भएका बेला सहमतिका लागि संवाद र छलफललाई महत्व दिनुपर्नेमा प्रधानमन्त्री दाहाल पुल शिलन्यास र महोत्वसको उद्घाटन गर्न आज राजधानी बाहिर निस्किएका छन् ।

उनी दाङमा पुल शिलान्यास गरेर त्यहीँबाट कैलालीको धनगढीमा आयोजित सुदुरपश्चिम महोत्वस उदघाट्न गर्न जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सव उदघाट्नपछि प्रधानमन्त्री दाहाल अपरान्ह साढे ३ बजे कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दगाह अवलोकनका लागि पुग्ने कार्यक्रम छ ।

संविधान संशोधन गरि ५ नम्वर प्रदेशलाई टुक्राउन लागेको भन्दै पश्चिम नेपालका जिल्लामा आन्दोलन चर्किएपनि समस्या समाधानका लागि प्रमुख दलहरुबीच गम्भिर रुपमा छलफल हुन सकेको छैन । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेसंगै विभिन्न जिल्लामा बिरोध प्रर्दशन चर्किएका छन् भने लगातारको बन्दले जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्रीको कार्यक्रमलाई बिथोल्न एमाले जिल्ला कार्य समिति दाङले आज जिल्ला बन्दको आह्वान गरेको छ ।

Puspakamal Dahal

विशेष