मुख्य समाचार राजनीति

पहाडी क्षेत्रको साधनस्रोतमा मधेसको पहुँच पुगोस् – मन्त्री खाँण

पहाडी क्षेत्रको साधनस्रोतमा मधेसको पहुँच पुगोस् – मन्त्री खाँण
मंसिर - २२ । रक्षामन्त्री बालकृष्ण खाँणले संविधानलाई पूर्ण रुपमा कार्यान्वयनमा लान सबै राजनीतिक दललाई एकजुट बनाई अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले जिल्लाको बाणगङ्गामा बुधबार आयोजना गरेको आठौं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री खाँणले पहाडी क्षेत्रमा रहेका साधन स्रोतमा मधेसको पनि पहुँच स्थापित गर्न ५ नं प्रदेशमा पहाडी जिल्लाहरु मिलाउनुपर्ने धारणा व्यक्त गरे।राज्यको पुनःसंरचना गर्दा ५ नं प्रदेशका पहाडी जिल्लालाई मधेसबाट टुक्र्याउन नहुने आफ्नो पनि मत रहेको र त्यसका लागि पार्टी र सरकारमा अन्तिम अवस्थासम्म पनि वकालत गर्दै आएको नेता खाँणले बताए । सो अवसरमा सांसद अतहर कमाल र सोनिया यादवले कुनै पनि बहानामा साम्प्रदायिक सद्भाव बिग्रने गरी विरोध कार्यक्रम नगर्न विपक्षी दलहरुलाई आग्रह गरे। आगामी पुस ३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा २०० भन्दा बढी बिक्री कक्ष रहने र दुई लाख दर्शकले अवलोकन गर्ने आशा आयोजकले लिएको छ । रासस

कपिलवस्तु बालकृष्ण खाँण

विशेष