उनले भिनाजु नै किन रोजिन......
एजेन्सी । सामान्यतः केटि मानिसहरु आफु कुमार केटासँग आफ्नो विवाह होस् भन्ने चाहन्छन् । तर, जोतपूरकी कोमलले भिनाजुसँग विवाह गरेर साहसी पूर्ण काम गरेकी छिन् ।
आफ्नी दिदी अवनीको दुर्घटनाका कारण मृत्यु भएपछि कोमलले भिनाजुसग विवाह गर्ने निर्णय लिइन् । जोतपूरस्थित नवाथढका चन्दूभाइ सावलियाकी छोरी अवनीको विवाह जामनगरका भावेशसँग भएको थियो । उनीहरुको एक स्मित नाम गरेको छोरा पनि छ । केही समयअघिमात्रै एक दुर्घटनामा परेर अवनीको मृत्यु भयो भने, छोरा स्मितको दाहिने हात गुम्यो ।
कोमलले स्मितलाई सानैदेखि हुर्काएकी थिइन् । आफ्नी आमासँग भन्दा पनि बढि स्मित सानीमा कोमलसँग मान्ने गथ्र्यो । दिदीको मृत्युपछि कोमललाई यदि भिनाजुले अरु कसैसँग विवाह गरे छोरा स्मितलाई उस्तै माया नदिने कुरामा चिन्ता पर्न थाल्यो ।
उनले स्मितको भविष्यलाई लिएर भिनाजुसँग विवाह गर्ने निर्णय लिइन् । उनको यस्तो निर्णयले भिनाजु लगायत घरका सबै सदस्य चकित भए । सबैलाई उक्त निर्णयले असहज तुल्याएको थियो । तर, उनको स्मितप्रतिको माया र लगाव देखेर सबैले हार माने । अनन्त कोमल र उनका भिनाजुको विवाह भयो ।
कोमलको यस्तो साहसीपूर्ण र त्याग समाजको लागि एक उदाहरणीय विषय बनेको छ ।
Sali Vena