विचित्र विश्व

कुकुर मूल्य १२ करोड !

कुकुर मूल्य १२ करोड !

आयरल्याण्डको पुलिसले एक शिकारी कुकुर (ग्रेहाउंड) को चोरीको अाराेपमा केही मानिसलाई गिरफ्तार गरेको छ । यो कुकुरको मूल्य दश लाख युरो साढे बाह्र करोड नेपाली रुपैया रहेको । ‘क्लेयर्स रकेट’ नाम गरेको उक्त शिकरी कुकुर टिपरेरी काउंटीमा गोल्डन नाम गरेको ठाउँबाट त्यतिबेला चोरी भयो जब यो आफ्नो प्रशिक्षकसँग थियो ।

यो चोरीको तुलना सन् १९८३ को एक घटनासँग गरिएको छ जतिबेला रेसको घोडा शेरगरको अपहरण भएको थियो ।  पुलिसको अनुसार अहिले उक्त कुकुर क्लेयर्स रकेट सुरक्षित भेटिएको थियो ।

उक्त कुकुर सबैभन्दा तेज र रफ्तारमा कुद्न सक्नि रहेको आयरल्याण्ड पुलिसले बताएको छ । यसलाई भेट्टाउनेलाई ५४ युरोको पुरस्कार घोषणा गरिए पछि भेट्टिएको थियो । कुकुरलाई लिपरेरी काउंटीको ग्राहम हल्याण्डमा तालिम दिइएको थियो । उक्त कुकुरलाई ग्रेहाउंड रेसिङ सुपरस्टार मानिन्छ ।

Dog In world

विशेष